‘संकटको घडीमा देश समाल्न आट गर्ने प्रधानमन्त्रीलाई सलाम’

कैलाली । कैलालीका महिला अधिकारकर्मीहरुले नवनियूक्त प्रधानमन्त्री सुशिला कार्कीलाई सलामी दिएका छन् । धनगढीमा उपस्थित महिला अधिकारकर्मीहरुको बैठकले संकटको घडीमा देश समाल्न तयार भएका प्रधानमन्त्रीलाई सलामी दिएका हुन् ।

बैठकमा सहभागिहरुले प्रधानमन्त्री कार्कीलाई बधाइ दिदै भने ‘देशमा पहिलो पटक एक महिला प्रधानमन्त्री पाएका छौं, यो ईतिहासलाई मजबुड बनाउन हामी जस्तो सुकै परिस्थितिमा तपाईको साथमा छौं । निडर भएर काम गर्नुस् ।’

जतिबेला एउटा घरमा समस्या आईपर्छ त्यो बेलापनि महिलाले कुनै न कुनै उपाय निकालेर घरलाई उज्यालो बनाउने भुमिका निर्वाह गर्छिन् । हामी विश्वत छौं, देश रोइरहेको बेला जसरी देशलाई समाल्न तयार हुनु भयो पक्कैपनि तपाईको आफ्नो कार्यकालमा देशको मुहार उज्यालो हुनेछ भन्दै बधाई तथा कार्यकालको शुभकामना दिएका थिए । बैठकमा अधिकारकर्मी गोमा अर्चाय, सानु चौधरी, बेद अवस्थी, प्रिया खडका, सुमन शर्मा, निर्मला रिजाल, गिता चौधरी र राज चौधरीको सहभागिता रहेको थियो ।