धनगढी पनि निषेधित क्षेत्र घोषणा

कैलाली । कैलालीको धनगढीमा पनि १२ः१० बजेदेखि अर्को सूचना जारी नभएसम्मकालागि निषेधित क्षेत्र घोषणा भएको छ ।

पछिल्लो घटनाक्रमले यस जिल्लाको केही स्थानहरुमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क (१) को अवस्था सृजना हुन सक्ने देखिएकोले २०८२ भदौं २४ गते अपरहान्त १२ः१० देखि धनगढी स्थित ७ वटा स्थान निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रसाशन कार्यालय कैलालीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालद्धारा हस्ताक्षरित सूचनामा प्रदेशको कार्यालय र निवास, मुख्यमन्त्रीको कार्यालय र निवास, जिल्ला प्रशासन कार्यालय क्षेत्र, बसपार्क क्षेत्र, सबै प्रदेश मन्त्रालय र निवास, विभिन्न सरकारी कार्यालय क्षेत्र विभिन्न राजनैतिक दलका पार्टी कार्यालय र पुष्पलाल चौक क्षेत्र डिभोटी होटेल एरिया क्षेत्रमा निधेष गरिएको छ ।