ट्रमा सेन्टरमा मात्रै ४९ जना घाइतेको उपचार
काठमाडौं । जेनजीहरूको प्रदर्शनका क्रममा ट्रमा सेन्टरमा मात्रै ४९ जना घाइतेको उपचार भईरहेको छ । सोमबार सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको आन्दोलन हिंसात्मक बनेपछि मृत्यू हुनेको र घाईते हुनेको संख्या थपिदै गएको हो ।
सो क्रममा १५ जनाको मृत्यु भइसकेको छ । विभिन्न अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ ।
ट्रमा सेन्टरमा मात्रै ४९ जना घाइते उपचाररत छन् । अन्य अस्पतालहरूमा पनि घाइतेको उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार, घाइतेमध्ये अधिकांशलाई गोली लागेको छ ।
‘गोली लागेका बिरामीहरू नै धेरै छन् । धेरैलाई रबरको गोली र छर्रा लागेको देखिन्छ,’ ती चिकित्सकले भने ।
















