नेपालमा ह्वाइट ट्राफिकिंग बढ्यो
कैलाली । नेपालमा महिला तथा बालबालिका बेचविखनको नयाँ स्वरुप फेरिएको छ । पहिला यौन व्यवसायीकोलागि महिलाहरु बेचविखनमा पर्थे भने, अहिले डिम्ब तस्करीमा महिलाहरु फसिरहेका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिलि थापाका अनुसार पछिल्लो अवस्थामा महिलाहरुलाई विबाह गर्ने बहानमा डिम्ब तस्करीकोलागि भारत लैजादै गरेको घट्ना एकदमै बढ्दो छ । यसलाई ह्वाइट ट्राफिकि· पनि भनिन्छ ।
मानव बेचविखन विरुद्ध राष्ट्रिय प्रतिवेदन तयारी सम्बन्धी परामर्श कार्यक्रममा थापाले यस्तो बताएक हुन् ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्कीले सुदूरपश्चिम प्रदेश सरकारले मानव तस्करी रोकथामकोलागि सरोकारवाला निकायसंग समन्वय र सहकार्यगरि अगाडी बढेको बताए । उनले प्रदेश सरकार यो सवाललाई गम्भिरताका साथ लिएको बताए ।
यस्तै सुदूरपश्चिम प्रदेश प्रहरीका डिआइजी डम्मरबादुर बिकले मानव बेचविखन भनेको सांगठनिक अपराध रहेको बताउदै यस्तो अपराधको विरुद्धमा सबै जना संगठित हुन जरुरी रहेको बताए ।
उनका अनुसार अहिले यो अपराधको स्वरुप परिवर्तन भएको छ । त्यसैले समय सापेक्ष यस विषयमा केन्द्रित रहेर सक्षमता अभिबृद्धिमा पनि जोड दिनुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, न्याधिवक्ता, सरोकाला निकायलगायतको उपस्थिति रहेको थियो । उहाँहरुहरुले मानव बेचविखनमा पर्नेहरु मसाज सेन्टर, यौन व्यवसायी, श्रमशोषण, मानव अंकको अवैध कारोवार लगायतमा फस्ने भएको बताए ।













