बेपत्ता दिवसबेपत्ता पारिएका नागरिकहरुको न्यायिक प्रक्रियामा सम्बाद

कैलाली । बलपूर्वक बेपत्ता पारिएकाहरुको अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका आफन्तले छिटोभन्दा छिटो सत्य पत्ता लगाइदिन आग्रह गरेका छन्।
१५ औं अन्तराष्ट्रिय दिवसको अवसरमा मानव अधिकारकालागि महिला एकल महिलाले बेपत्ता पारिएका नागरिकहरुको न्यायिक प्रक्रियामा सम्बाद कार्यक्रममा प्रभावितहरु यस्तो आग्रह गरेका हुन् ।

उनीहरु तीन पुस्ता खुल्ने परिचयपत्र, बच्चाहरुले रुचाएको विषय पढ्नकोलागि छात्राबृति र स्वरोजगार तथा आयआर्जनकोलागि सिपमूलक तालिमको व्यवस्था मात्रै गरिदिएपनि प्रभावित परिवारहरुके जीवनशैली सहज हुने बताएका थिए ।

सम्बाद कार्यक्रममा मनाव अधिकारका लागि महिला एकल महिलाका सल्लाहकार तथा फाया नेपालका अध्यक्ष गोमा आचार्यले द्धन्द्ध प्रभावितहरुको पीडा विसाउने चौटारी बनाउने काम राज्यले गर्नुपर्ने बताए ।

उनका अनुसार अन्तरराष्ट्रिय स्तरमा द्धन्द्ध समाप्त हुदा प्रत्यक्षरुपम संलग्न हुने सबैको व्यवस्थापनमा राज्य सामान व्यवहार गर्ने गरेको ईतिहास छ । तर नेपालमा त्यस्तो छैन । यहाँ लडाईमा सहभागि हुनेको अलिक व्यवस्थापन भएपनि त्यसको प्रत्यक्ष असर जनतालेपनि भोगिरहेका छन् भन्नेबारे राज्य बेखबर दिएकोले यस्तो समस्या आएको बताए । नेपालका १० वर्षे द्धन्द्ध समाप्त भएको २० पुगिसक्दा समेत त्यसबाट प्रभावितहरुले न्यायको अनुभुति गर्न नसक्नु राज्यको कमजोरी रहेको औल्याईन् ।

यस्तै महिला अधिवक्ता रेण श्रेष्ठले सरकार द्धन्द्ध प्रभावितहरुकोलागि परिपुरण, अभियोजन र न्यायकोलागि ऐन संशोधन गरि चौथो पटक सम्म आयोग गठन गर्यो तर कार्यन्वयको पात्तो फितलो रहेको जानकारी दिईन् ।

उनका अनुसार पछिल्लो अवस्थामा द्धन्द्धबाट कति मान्छे प्रभावित भएका छन् भन्ने बारे तथ्यांक सरकारले सुरक्षित नराख्दा अझै समस्या भएको उनको भनाई थियो ।
मानव अधिकारको लागि महिला एकल महिलाका सुदूरपश्चि संयोजक बेद अवस्थीले कार्यक्रमको सञ्चालन गरेका थिईन् भने जिल्ला अध्यक्ष भगवति हमालको अध्यक्षतामा कार्यक्रमा समापन भएको थियो ।