बालबालिका पूर्ण स्तनपानबाट बञ्चित

काठमाडौं । तानसेन नगरपालिका–३, भगवती टोलका शर्मिला केसीले आफ्नो छोरालाई पाँच महिना पनि पूरै दुध खुवाउन पाएनन् । निजामती सेवामा कार्यरत उनी कार्यालय जानुपर्ने भएकाले छोरा जन्मिएको चार महिनापछि एक जना हेरालुको साथमा बच्चा छोडेर अफिस जान थालिन् ।

उनले भनिन् “कार्यालयबाट घर आउने समयको टुङ्गो नहुँदा छोरालाई पूरा समय आफ्नो दुध खुवाउन उनल् पाइनन् । चाहेजति दूध खान नपाएपछि छोराले आफैँ खान छोड्यो । ल्याक्टोजिन, डेरीको दुध, सेरलेक्स खाएरै छोरो हुर्कियो ।”

पर्वतका भीमा कार्की जागिरको शिलशिलामा तानसेनमा बस्छिन् । तीन वर्षअघि उनले पहिलो सन्तान जन्माईन् । उनले आफ्नो बच्चालाई छ महिनासम्म मात्रै नियमित दुध खुवाउन पाईन् । बच्चालाई दुध चुसाएपछि महिलाको शरिर विग्रिन्छ भन्ने हल्लाले उनी सातौ महिनापछि दुध चुसाउन छोडिन् । कार्कीले आफ्नो बच्चालाई डेरीबाट दुध लाईन् ।

रैनादेवी छहराकी मञ्जु कुँवरले पाँच महिनाको बच्चालाई आफ्नो माइती छोडिन् । भाडाको कोठा लिएर लोकसेवाको तयारीमा उनी जुटिन्न । पढाईको शिलशिलामा उनले आफ्नो बच्चालाई पर्याप्त दुध खुवाउनु भएनन् । उनको आमाले भैँसीको दुध खुवाएर नाती हुर्काए ।

बगनासकालीकी मनिषा बस्याल सरकारी जागिरे हुन् । उनको डढे वर्षअघि बच्चा जन्मेको थियो । छोरी जन्मिएको तीन–चार महिना त आफूसंगै राखिन् । पाँचौ महिनापछि बच्चालाई परिवारको साथमा छाडेर अफिस जान थालिन् । त्यसपछि बच्चालाई भैँसीको दुध खुवाउन थालियो । यस्ता कयौं आमाहरु विभिन्न कारणले आफ्नो बच्चालाई पूर्ण स्तनपान गराउन पाउँदैनन् ।

चिकित्सक भन्छन् बच्चालाई दुध चुसाउँदैमा शरीर बिग्रने हुदैन । बच्चालाई स्तनपान गराउँदा बच्चा स्वास्थ्य रहन्छ । नियमित स्तनपान गराइएका बच्चा पूर्णरूपमा स्वस्थ रहेको डाक्टरहरुको भनाई छ । नियमित स्तनपान गराउने आमामा स्तन क्यान्सर, ओभरी क्यान्सर, हाइ ब्लडप्रेसरजस्ता रोगको जोखिम कम हुने विशेषज्ञको भनाई छ ।

सरकारी कार्यालयमा छैनन् स्तनपान कक्ष

जिल्ला प्रशासन कार्यालय पाल्पा सेवाग्राहीको भीड हुन्छ । त्यहाँ आउनेहरु नागरिकता बनाउन, राहदानीको फोटो र फाराम भर्नकोलागि आउँछन् । त्यही भीडमा काखमा बच्चा च्यापेर गोलघरमा बसी पालो पर्खने गर्दछन् । जिल्ला प्रशासन कार्यालयको भवनमा स्तनपान कक्ष छ भन्ने जानकारीनहुँदा बच्चालाई दिनभरि दुध चुसाउन सकेनन् । कार्यालयको परिसरमा रहेको स्तनपान कक्ष स्थापना सेवाग्राहीले सहजै देख्न सक्ने ठाउँमा नहुँदा प्रयोगविहीन जस्तै छ ।

यहाँका चार पालिका अझै स्तनपान कक्षविहीन छन् । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ मा हरेक सार्वजनिक निकायमा अनिवार्य स्तनपान कक्षको व्यवस्था उल्लेख छ ।