नाष्ट कलेज कक्षा १२ को उत्कृष्ट नतिजा
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडी स्थित नाष्ट कलेजले कक्षा १२ तर्फको परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
विज्ञान र व्यवस्थापन पढाई हुने कलेजमा कक्षा १२ मा अध्ययनरत ६०१ विद्यार्थी मध्ये ४१६ जना उतीर्ण भई ६९.२१ प्रतिशत नतिजा ल्याएको हो । जसमध्ये विज्ञान तर्फ २८६ विद्यार्थी र व्यवस्थापन तर्फ १३० जना उतीर्ण भएको कलेजले जनाएको छ ।
कलेजमा विज्ञान विषय अध्ययनरत विद्यार्थी कपिल भण्डारी ३.९५ जिपीए ल्याएर उत्कृष्ट नतिजा ल्याएका छन् । त्यसै गरि व्यवस्वस्थापन तर्फ उत्सव अग्रवाल र रोशनी रावल ३.८६ जिपीए ल्याएका छन् ।
‘उच्च अनुशासन तथा दक्ष व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा गुणस्तरीय शिक्षा’ मूल नारा सहित वि।स। २०५७ सालमा स्थापना भएको कलेज अहिले विज्ञान व्यवस्थापन तथा प्रविधिको पठन पाठनसँगै सर्वाङ्गीण विकासका लागि गन्तब्य शिक्षालयको रुपमा चिनिन्छ ।

कलेज विश्व विद्यालय अनुदान आयोग (यूजीसी) ले निर्धारित संस्थागत गुणस्तरको विभिन्न चरण पार गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा सम्मान र उपलब्धिको सूचक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन ९क्यूएए० पनि प्राप्त गर्दै पोखरा विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरेको छ ।
नाष्टमा कक्षा ११ र १२ तर्फ विज्ञान र व्यवस्थापन, स्नातक तर्फ बीइ कम्प्युटर, बीसीए, बीबीए, बीइ सिभिल र स्नाकोत्तर तर्फ एमबीएसम्मको पढाई हुँदै आएको छ ।













