लैंगिक समानताकालागि पुरुष सहभागिता

कैलाली । महिला अधिकारको कुरा गर्दैगर्दा पृतिसत्ताले पुरुषलाई कस्तो असर गरिहरेको छ भन्नेबारे जानकारी दिन लैंगिक समानताकालागि पुरुष सहभागिता विषयम पाँच दिने प्रशिक्षण तालिमको आयोजना गरिएको छ ।

दलित महिला अधिकार मञ्च नेपालको आयोजनामा भईरहेको सो तालिममा कैलारी गाउँपालिका र भजनी नगरपालिकाका पुरुष अगुवाहरु सो तालिममा सहभागी भएका छन् ।

तालिममा लैंगिक हिंसा अन्त्यकोलागि पुरुष सहभागिता एकदमै जरुरी रहेको संस्था अध्यक्ष सावित्रा घिमिरेले जानकारी दिईन् ।

त्यसैगरि प्रशिक्षक संजोक ठकुरीले पृतिसत्ताले पुरुषहरुलाई असर गरिरहेको बताउँदै लैंगिक हिंसा अन्त्यकोलागि पुरुषहरुको सवालबारेपनि अध्यय र विश्लेषण गर्न जरुरी रहेको बताए ।