ठाकुरबाबामा रैथाने धान रोप्दै

बर्दिया। बर्दियाको ठाकुरबाबा नगरपालिकाले रैथाने धानको खेती सुरुवाट गरेको छ । थारू समुदायले पाहुना वा विशेष अतिथि घरमा आउँदा भात खुवाउन प्रयोग गरिने रैथाने धान रोप्न शुरुवाट गरिएको हो । पछिल्लो केही वर्ष यता उन्नत जातको धान भित्रिदा रैथाने धान लोप भईरहेको बेला नगरपालिकाले यसको संरक्षण र प्रवर्धनको ध्यान दिन थालेको हो ।

रैथाने बाली जस्तै सैठ्यारी, अन्दी तिल्लकी लगायतको धानको चामलबाट बनेको खानमा फरक स्वाद हुने गरेको स्थानीयहरु बताउँछन् ।

गत वर्ष तीन विघामा उत्पादन गरेको धानलाई वीउकोलागि १५ क्विन्टल धान कृषकहरुलाई वितरण गरेको कृषि प्राविधिक वीरेन्द्र रावतले बताए ।

बिउकै लागि ३.५ बिघा क्षेत्रफलमा बिउ उत्पादन थालिएको उनले जानकारी दिए । नगरपालिकाले यो वर्ष करिब १३ बिघामा रैथाने धानको खेती गरेको छ । यसको संरक्ष्ण गर्न बिउ बैङ्कमा बिउ राखी प्रवर्धन गरिने पालिकाको उदेश्य रहेको छ ।