महिलाहरु आर्थिकरुपमा सशक्त भए कसैले हेप्न सक्दैन : उप प्रमुख
कैलाली । धनगढी उपमहानगरपालिकाका उप प्रमुख कन्दकला रानाले महिलाहरु आर्थिकरुपमा सशक्त भए कसैलेपनि हेप्न नसक्ने बताईन् । कोभिड–१९ पछि महिलाहरूको दिगो जीविकोपार्जनमा पहुँच वृद्घि, आर्थिक पुनःस्थापना र उत्थानशील परियोजना अन्र्तगत दुई दिने वित्तिय साक्षरता तालिमको समानपनमा उनले यस्तो बताएका हुन् ।
मानव अधिकारकालागि महिला एकल महिला, सभा नेपालको संयुक्त आयोजना तथा यूएन वुमनको सहकार्यमा भएको कार्यक्रममा उनले भनिन् ‘महिलाहरुपनि पैसा आर्जन गर्ने तर्फ सक्रिय हुनुपर्छ । यदि महिलाको हातमा पैसा छ भने उसले घर परिवार, समाज र आफन्तबाट पाउँने माया, सम्मान व्यवहारमा धेरै परिवर्तन हुन्छ ।’

आर्थिकमा बलियो भएपछि हिंसापनि कम हुन्छ । त्यसैले सक्दो सबैले घरयासी काममापनि पैसा आर्जन हुने वातावरण मिलाउन जरुरी रहेको उनको तर्क थियो । उनले उदाहरण दिदै भनिन् ‘हामी घरमा खानाकोलागि तरकारी रोप्दै आएका छौं, त्यहि बारीलाई व्यवसायीक बनाऔं, सबैको घरमा बाख्रा, कुखुरा, गाई भैसी छन् । त्यहाँकाबाट पनि पैसा कसरी कमाउन सकिन्छ भन्ने तर्फ सोचौं र आर्थिकरुपमा आफू बलियो होऔं ।’
उनले व्यवसायी सानोबाट शुरुवाट गर्न आग्रह गर्दै धनगढी नगरपालिकाले उद्यम गर्न चाहने महिलाहरुलाई सक्दो सहयोग गर्ने बताइन् । उनले धनगढी उपमहानगरपालिका मानवीय विकासका योजनालाई गौरबको योजना बनाएको जानकारी दिईन् ।
यूएन वु्मनको प्रदेश संयोजक प्रतिभा चौधरीले उद्यम गर्दै आईरहेका महिलाहरुले आफ्नो मार्केटिंगकोलागि सामाजिक सञ्जाललाई पनि प्रयोगन सिक्नुपर्ने बताईन् । उद्यमी महिलालाई समय समयमा स सानो अवसरहरु आईरहन्छ । त्यसैले अवसर कहिलै नछोड्न उनको आग्रह थियो ।
मानव अधिकारकालागि महिला एकल महिलाका जिल्ला अध्यक्ष भगवति हमालको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।













