सुनको लोभमा सुत्केरी भाउजूको देवरबाटै हत्या

कैलाली । कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा मृत भेटिएकी सुत्केरी महिलाको हत्या आफ्नै देवरले गरेको प्रहरीको अनुसन्धानबाट सुलेको छ । शुक्रबार बिहान मृत भेटिएकी १९ वर्षीय सुत्केरी तुलसी नाथको हत्या सहोदर देवर नातापर्ने नवीन नाथले गरेको खुलेको हो । प्रहरीले नाथको हत्या गरेको अभियोगमा देवर नवीन लाई गरेको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी रणबहादुर चन्दले नवीनलाई पक्राउगरि अनुसन्धान गरेको बताए । उहाँकाअनुसार नवीनले सुनका गहनाकोलागि आफूले भाउजू सुतेको बेला सिरानीले मुख च्यापेर हत्या गरेको बयान दिएका छन् ।

भाउजूको हत्यापछि कानमा लगाएका सुनका गहना निकालेर घर नजिकै ढुङ्गामुनि लुकाएर राखेको प्रहरीसमक्ष नवीनले बयान दिएका थिए । त्यसपछि नवीनको बयानका आधारमा सोही स्थानमा सुन फेला परेको प्रहरी जनाएको छ ।

नाथ शुक्रबार बिहान घर नजिकैको नालामा मृत भेटिएकी थिइन् भने उहाँको १६ दिनको नवजात शिशु भने सकुशल फेला परेको थियो ।

प्रहरीले बाहिर घाउचोट नदेखिएका कारण उहाँको मृत्युका कारण पत्ता लगाउन सकेको थिएन, तर कानमा लगाएका गहना फेला नपरेपछि उक्त कोणबाट अनुसन्धान गर्दा हत्या भएको तथ्य भेटिएको थियो ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक एसपी बाल नर सिंह रानाले जटिल अवस्थामा पुगेको घटनालाई सूक्ष्म अनुसन्धान गरेर सफलता प्राप्त भएको जानकारी दिए ।
हत्या भएको बेलामा घरमा अन्य परिवारका सदस्य नभएको बताइएको छ । मृतकका सासुससुरा पहाड गएका थिए भने श्रीमान् रोजगारीका लागि भारत ।