नाष्ट रेडक्रस सर्कलद्वारा निःशुल्क दन्त परिक्षण

कैलाली । नाष्ट रेडक्रस सर्कलको आयोजनामा बुधबार निःशुल्क दन्त परिक्षण शिविर भएको छ ।

उक्त परिक्षण शिविरको नाष्ट कलेजका प्रवन्ध निर्देशक शिवहरी मुडभरी उद्घाटन गरेका थिए । कन्चन डेन्टल क्लिनिकका दन्त चिकित्सक डा. विवेक कुमार झा र उनको टिमले दन्त परिक्षण सेवा दिएका थिए । निःशुल्क दन्त परिक्षण शिविरमा १५० जना विद्यार्थी दन्त परिक्षण गराएको आयोजक नाष्ट रेडक्रस सर्कलका सभापति नविन पन्तले जानकारी दिए ।

उक्त कार्यक्रममा क्याम्पस प्रमुख डा. प्रेमबहादुर चन्द, नास्त सर्कलका संयोजक रमेश खड्काको उपस्थिति रहेको थियो । सभापति पन्तले नाष्ट रेडक्रस सर्कलले प्रत्येक वर्ष सामाजिक कार्य गर्दै आएको बताए । यसका साथै उनले यही असार १३ गते रक्तदानको कार्यक्रम पनि आयोजना गर्ने बताए ।