सुदूरपश्चिममा मातृमृत्यू दर बढ्दो

कैलाली । सुूदूरपश्चिम प्रदेशमा मातृमृत्यु दरको अवस्था भयवह रहेको एक कार्यक्रममा बताएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजना तथा स्वास्थ्य कार्यालय कैलालीको सहकार्यमा स्वास्थ्य प्रवद्र्धनकोलागि संचारकर्मी र स्वास्थ्यकर्मीनसंगको पैरबी कार्यक्रममा यस्तो बताएको हो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय कैलालीका वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कुवँरका अनुसार १ लाख सुत्केरीमा १३० जना सुत्केरीको २८ दिनभित्र मृत्यू भईरहेको तथ्यांक छ । नेपालमा भने १५० छ ।

उनले आर्थिक बर्ष २०८०/०८१ को तथ्याङकमा १०० बच्चा जन्मिदा ७० जना बच्चा मात्रै स्वास्थ्य संस्थामा जन्मेको बाँकी बच्चा बाटो या घरमा जन्मिरहेको बताए ।
स्वाथ्यको दृष्टिकोले अस्पतालमा जन्मेको बच्चा र आमा दुबै सुरक्षित र स्वास्थ्यकर रहेको कुँवरको दाबी छ । उनले सुदूरपश्चिममा अहिलेपनि १३ प्रतिशत किशोरीहरु १५–१९ बर्षकै उमेर बच्चा जन्माईरहेको जानकारी दिए । यसले बालविबाहको संकेट देखाउछ । जबकी सरकारले विहेवारी २० बर्ष पारी भन्ने नारा नै दिएको छ ।

उक्त कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयके निर्देशक खगेन्द्र बहादुर बलमे अहिलेको अवस्थामा सरुवा भन्दापनि नसर्ने रोगका कारण बढी मान्छे मृत्यू हुन पुगेको बताउँछन् । यसको कारण जिवनशैलीमा र खानपानमा ध्यान नदिनु हो ।

यस्तै प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढी कैलालीको आयूर्वेद चिकित्सक डा. ओम प्रकाश कलौनीले आहार विहार र आयुर्वेद चिकित्साबारे प्रस्तुतीकरण गरेका थिए ।
उनका अनुसार मान्छे स्वस्थ र सुखी हुनलाई आयुर्वेदको उदेश्य अनुसार खानपानमा ध्यान दिने, नियमित व्ययाम गर्ने, निद्रा पुरा हुनेगरि सुत्न सकयो भने धेरै रोग आफै हटेर जाने बताए ।