एसइइमा उत्कृत अंक ल्याउनेलाई एक लाखसम्मको पुरस्कार दिने कैलारीको निर्णय

कैलाली । कैलारी गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी एसइइ परिक्षामा उत्कृष्ट अंक ल्याउनेलाई र सोही विद्यालयलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

कैलारी गाउँपालिकाले जेठ ५ गते बसेको कार्यपालिकाको बैठकबाट यस्तो निर्णय गरेको हो । निर्णय अनुसार ३.६ जिपिएभन्दा बढी र ४ जिपिएसम्म ल्याउने विद्यार्थीलाई जनही ५० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ । यस्तै ४ जिपिए ल्याउनेलाई विद्यार्थी १ लाख रुपैया पुरस्कार दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले जानकारी दिए ।

त्यसैगरि सामुदायिक विद्यालय कक्षा ८, १० र १२ मा राम्रो नतिजा ल्याृउन सफल विद्यालयलाई क्रमश रु १५ हजार, २० हजार र २५ हजार नगद तथा सम्मानपत्र दिने निर्णय भएको छ ।