ईभी सवारीको कर यथावत्
काठमाडौँ । बजेटअघि ईभी सवारी साधनको कर बृद्धिको हल्लाले आयात धेरै भएको थियो । तर व्यवसायीको सोच भन्दा फरक गरी ईभी सवारीको करलाई सरकारले यथावत् राखेको छ ।
बिहीबार संसदमा प्रस्तुत गरेको बजेटबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ईभीमा कर नबढाएर सही निर्णय गरेको बताएका हुन्। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूले विद्युतीय सवारी साधनको कर नबढाएर ठिक गरेको अनुभूति व्यक्त गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलले भने– ‘ईभीमा कर नबढाएर ठिक गरेँ भन्ने लाग्छ । कर बढेन पनि ।’
उनले ईभी सवारी साधनको प्रयोगलाई वृद्धि गर्र्नको लागि स्थिर नीतिको आवश्यक रहेको सङ्केत गरे । अर्थमन्त्री पौडेलले ईभीमा कर वृद्धि हुने भन्दै बजेटअघि ईभी सवारी साधनको आयात धेरै भएको जानकारी दिए ।













