धनगढीलाई महिलामैत्री शहर बनाउन को-डिजाईन हुदै
कैलाली । धनगढी उपमहानगर पालिकालाई महिलामैत्री सहरको रुपमा विकास गर्न को-डिजाईन भईरहेको छ । संघीय सहरी विकास मन्त्रालयसँगको समन्वयमा धनगढी उप-महानगरपालिका र UNOPS द्वारा संचालित महिला मैत्री सहर (Cities 4 women ) परियोजना अन्तर्गत अन्तर्राष्ट्रिय डिजाइन शुरु गर्न लागेको हो ।
UNOPS का कार्यक्रम व्यवस्थापक विशेषज्ञ निलम धनुसेका अनुसार धनगढी ५ तारानगर चौरलाई पार्क निर्माणकोलागि छनौट गरिएको बताईन् । उनका अनुसार उक्त ठाउँ छनौटकोलागि सोही ठाउँका स्थानीयहरुसंग पटक पटक छलफल गरि उहाँकै डिजाईनमा पार्क निर्माण गर्ने भनेर को डिजाईनसम्म पुगेको जानकारी दिईन् ।

करिब ३ विघा क्षेत्रफल रहेको सो ठाउँलाई महिलामैत्री, बालमैत्री, अपांगता भएको व्यक्तिको पहुचमा कसरी बनाउन सकिन्द्ध भनेर त्यहि ठाउँको प्रयोगकर्ताहरुलाई खाका तयार गर्न लगाईको हो । उहाँहरुले ल्याएको खाकाको आधारमा सप्टवर्यर इन्जिनियरले डिजाईनगरि नक्सा तयार गर्ने हो ।
परियोजना अन्तर्गत पहिलो चरणमा खुला सार्वजनिक क्षेत्रको पहिचान, प्राथमिकीकरण, वडहरुको रेखाङ्कनको काम गर्ने । सार्वजनिक स्थलमा महिला बालबालिका र शारिरीक अशक्त भएकाहरुको सहज पहुँचको अवधारणा अनुसार काम गर्ने धनुसे बताउँछिन् । उनले नगरपालिकालाई अन्य क्षेत्रमा काम गर्नकोलागि आफूहरुले उदाहरणकोलागि शुरुवाट गरिदिएको बताउँछन् ।













