बातचित घरको दोस्रो वार्षिक उत्सवको अवसरमा १५ जनाले गरे रक्तदान

कैलाली । सामाज रुपान्तरणकोलागि बातचित घर को दोस्रो वार्षिकत्सवको अवरमा १५ जनाले रक्तदान गरेका छन् । बातचित घरले विगत दुई वर्षदेखि निरन्तर सामाजिक मुद्धामा बातचित (बहस) गर्दै आईरहेको छ ।

यो वर्ष बचाई ज्यान आई करि रक्तदान भन्ने मुल नाराका साथ दास्रो वार्षिक उत्सव बनाएको हो । सो ही दिन सुदूरपश्चिम प्रदेश स्वास्थ्य राज दुत तथा पत्रकार दिपक उपाध्य र पत्रकार अविनाश चौधरीसंग उन्नती चौधरी रक्तदानकै शिलशिलामा बातचित (बहस) चलाएकी थिईन् ।

बातचित घरलाई सहयोग गर्ने सम्पूर्ण सहयोगी दातालाई सम्मान पत्रले सम्मान गरेको बातचित घरका बरघर ठाकुर प्रसाद करियाप्रधानले जानकारी दिए । उनका अनुसार बातचित घरले रेडक्रस नेपाल र एडुपल नेपालसंग सहकार्यगरि दुई घण्टा रक्तदान कार्यक्रम सञ्चालन गरेको बताए । यो बातचित घरको ३१औं सृखला हो ।