कैलारी गाउँपालिकामा आउने सेवाग्राहीलाई निशुल्क प्याड

कैलाली । नेपाल सरकारले २०७६/०७७ को बजेट भाषणमा कार्ययोजना बनाई सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई प्याड निशुल्क प्याड वितरण गर्ने व्यवस्था ल्यायो । सोही व्यवस्था कार्यन्वयसंगै सरकारी तथा गैरसरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीकोलागि पनि यस्तो व्यवस्था हुनुपर्ने आवश्यक छ ।

किशोरी तथा महिलाहरुलाई महिनावारी हुँदा सरकारी सबै कार्यालयहरु र सार्वजनिक स्थानमा समस्या आउने गरेको भन्दै निःशुल्क रुपमा सेनेटरी प्याडको व्यवस्था हुनुपर्ने गर्न माग चौतर्फी भयो । तर विद्यालय बाहेक कार्यालयमा आउने सेवाग्राहीहरु प्राय यस्तो सुविधाबाट बञ्चित नै देखिन्छन् ।

तर, कैलारी गाउँपालिकाले आफूले आयोजना गरेको कार्यक्रम तथा कार्यालयमा सेवा लिन आएका महिलाहरुलाई आवश्यक परेको खण्डमा निशुल्क प्याड दिदै आईरहेको गाउँपालिकाका उपाध्यक्ष भगवति चौधरी बताउछिन् ।

उनी भन्छिन् ‘म उपाध्यक्ष पदमा आउँदा पालिकामा पहिलैदेखि नै केही प्याडहरु स्टोरेज थियो, पहिलो वर्ष त्यहि प्याड उपलब्ध गराउदै आए । दोस्रो वर्ष नीति तथा कार्यक्रममा बजेट माग गर्दा विद्यालयको लागि मात्रै वजेट प्रस्ताव भयो । जुन कारण मैले आफ्नो व्यक्तिगत खर्चमा लगभग २० हजारको प्याड खरिदगरि पालिकामा आउने सेवाग्राहीहरुलाई सेवा दिएको हुँ ।’

पालिकामा सेवा लिन आउने धेरै महिलाहरुलाई समस्या आउँछ, उहाँहरु न्यायक समितिमा आएर प्याड छ ? भनेर सोध्छन् त्यस्तो अवस्थामा नाई कसरी भन्नु भनेर आफ्नो पैसाले खरिद गरेर राख्ने गरेको उपाध्यक्ष चौधरीले सुनाईन् ।

उनका अनुसार कार्यालयकोलागि प्याड खरिद गरिदिन पटक पटक कार्यपालिकामा अवाज उठाए । यो वर्ष भर्खर २०८२ बैशषमा रु ५० हजार रुपैयाँ विनियोज गरिदिएपछि प्याड खरिदको गरेको छुँ ।

महिलाहरु महिनावारी हुँदा सरकारी कार्यालय र सबै सार्वजनिक स्थलमा निःशुल्क रुपमा सेनेटरी प्याडको व्यवस्था नहुँदा विभिन्न समस्या झेल्नुपरेको गुनासो सुन्न नपरोस् भनि यस्तो कार्य गरेको उनी सुनाईन् ।

उनले आफू महिनावारी हुँदा जुन प्याड नियमिति प्रयोग गर्दै आईरहेकी छिन्, त्यहि प्याड सेवाग्राहीहरुलाई खदिर गरेको बताईन् । पछिल्लो अवस्थामा सेवाग्राहीहरु सरकारी स्वास्थ्य संस्था र अस्पतालहरुमा विश्वास कम हुँदै गएकाले गुणस्तरीय र भरपर्दो सेवा उपलब्धको अवाज उठ्ने गरेको छ । त्यसैले उनी गुणस्तर व्याड उपलब्ध गराउने निर्णय लिएको बताउँछिन् ।