एमाले धनुषा अधिवेशनमा विवाद, निर्वाचन समितिमाथि कुर्सी हानाहान
जनकपुर । नेकपा एमाले धनुषाको ८औं जिल्ला अधिवेशनमा विवाद हुदा कुर्सी हाना भएको छ ।
अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर विवाद भएको थियो । निर्वाचन समितिमाथि केही नेताकार्यकर्ताले कुर्सी प्रहार गरेका हुन् ।
वैशाख २० देखि जनकपुरमा अधिबेशन जारी छ । सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको हो । सोमबार राति नै मनोनयन दर्ता भएको थियो । उम्मेदवारको अन्तिम नामावलीमा नाम थपघट देखिएपछि विवाद भएको एक नेताले बताए ।













