‘विपद्को बेला सबै भन्दा बढी प्रभावित बालबालिका’
कैलाली । कैलारी गाउँपालिकाको हसुलियामा निशुल्क गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव छ, सन्दर्भः मा शिक्षाकालागि विश्वव्यापी कार्यसप्ताहः २०८२ अन्र्तगत कार्यक्रममा बालिका तथा समावेशी शिक्षा संजालले विपद्को बेला सबै भन्दा बढी प्रभावित बालबालिका हुने गरेको बताइएको छ ।
कैलारी गाउँपालिकाको समन्वय तथा पिसविन (शान्ति) को आयोजना र एनसिई नेपालको सहकार्यमा बालिका तथा समावेशी शिक्षा संजाल सम्बन्धी छलफल भएको हो ।
कैलारी गाउँपालिका स्तरीय बाल समितिको संयोजक तथा गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा विपदको बेला सबै भन्दा बढी प्रभावित बालबालिका हुने गरेको बताईन् ।
उनले भनिन्, ‘आजभोली मान्छे भौतिक सुविधाका खोजीमा आफैले विपद निम्टयाउछन् । विपदले धेरैको ज्यान समेत गएको छ ।’
कैलारी गाउँपालिकामा बर्खाको बेला बाढीले डुबान, पटान खेती योग्य जमिन कटान हुने र गर्मीको बेला हावाहुरी, आगलागी जस्ता समस्यासंगै चटयाङलेपनि धेरै जना प्रभावित हुने उनको तर्क थियो ।
विपद न्यूनिकरणको लागि विपद आउनु भन्दा पहिला सचेत हुनुपर्ने आग्रह गर्दै गुणस्तरीय शिक्षाकोलागि हरेक विद्यालयका शिक्षकसंगै अभिभावक पनि जिम्मेवार हुन अनुरोध गरिन् ।













