नाष्टको २५औं वार्षिकोत्सव तथा अभिभावक दिवस

कैलाली । नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नाष्ट) कलेजके २५औं वार्षिकोत्सव (रजत जयन्ती) तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

नाष्ट कलेजका सञ्चालक समितिका अध्यक्ष डा. चेतराज पन्तको सभाअध्यक्षतामा भएको भएके कार्यक्रममा प्रमुख अतिथि प्रदेश प्रमुख नजिर मियाँले नाष्ट कलेज शिक्षा क्षेत्रमा उत्कृष्ट कलेज रहेको र नतिजा पनि उत्कृष्ट नै दिन सफल भएके बताए ।

कार्यक्रममा अर्थ राज्यमन्त्री प्रकाश बम, प्रा. डा हेमराज पन्त, नाष्टके प्राचार्य डा. प्रेम बहादुर चन्द, आइक्यूएसीके सदस्य तथा अभिभावक रामप्रसाद चौधरी, विद्यालय व्यवस्थापन समिति सदस्य रुद्रलाल कडेल, एमबीए सेकेण्ड सेमेष्टरके विद्यार्थी शैलजा धामी, बीइ कम्प्युटरके बसन्तराज जैशी, कक्षा ११ के विद्यार्थी हेमन्त भण्डारी लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रमको स्वागत मनतब्य व्यक्त गर्दै नाष्ट माविका प्राचार्य उपेन्द्र बहादुर बमले आफ्ना बालबालिकाहरुलाई विज्ञान व्यवस्थापन तथा प्रविधिको पठन पाठनमा सर्वाङ्गीण विकासमा लाग्न सुझाएकोमा सबै अभिभावकहरुमा अभार प्रकट गरेका थिए ।

यसैविच कलेजबाट प्रकाशित अनुसन्धानमूलक पत्रिका ‘जर्नल अफ नाष्ट कलेज’को विमोचन भएको थियो । पत्रिकाको सल्लाहकार मण्डलमा कलेजका प्रवन्ध निर्देशक शिवहरी मुडभरी, डा. हेमराज पन्त, चिफ एडिटर सुशिला मल्ल रहेका छन् ।

नाष्ट कलेजमा कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन, स्नातक तथा बीएमा कम्प्युटर, बीसीए, बीबीए, बीइ सिभिल स्नाकोत्तर र एमबीएसमको पढाई हुने गर्छ । हाल नाष्ट कलेजमा कक्षा ११ र १२ मा एक हजार १५०, स्नातक तहमा ७७० र स्नाकोत्तर तहमा ११ विद्यार्थी अध्ययनरत छन् ।