यौनिकताबारे शिक्षाको पहुँच पु¥याउन सरकार प्रतिवद्ध : मन्त्री खड्का
कैलाली । सुदूरपश्चिम प्रदेशले किशोरीको आवश्यकता र स्थानिय परिवेशको आधारमा एकिकृत योजनाको आधारमा बजेट विनियोजन आवश्याक रहेको सामाजिक विकास मन्त्री, मेघराज खड्काले बताए ।
किशोरी तथा यूवतिहरुकालागि सुरक्षित एवम् सहयोगी परियोजनाको सुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।
कोइकाको आर्थिक तथा युएनएफपीएको प्राबिधिक सहयोगमा र गुड नेबर्स ईन्टरनेशनल नेपालको सहकार्यमा सुदुरपश्चिम प्रदेशमा सेफ गल्र्स परियोजना लागु भएको हो ।
यूएनएफपिएको आर्थिक सहयोग तथा सामाजिक विकास मन्त्रालयको सहकार्यमा सुदूरपश्चिमको अछाम र बाजुराको स्थानीय पालिकामा लागु भएको परियोजनाले स्थानिय तहको अपनत्वका साथै परियोजनाको सफलताका लागि आवश्यक बजेट बिनियोजन गर्ने मन्त्री खड्काको प्रतिबद्धता थियो ।
परियोजनाले विद्यालयभित्र र बाहिर रहेका किशोर किशोरीसम्म बृहत यौनिकता शिक्षाको पहुँच पु¥याउन, लैंगिक हिंसा रोकथाम र प्रतिकार्यका लागि स्थानीय तहका सेवाहरूलाई बलियो बनाउन, सामाजिक सञ्जाल निर्माण गर्न र डिजिटल प्रबिधिको प्रयोग गर्दै सुरक्षित वातावरण प्रदान गर्नु हो ।
अछाम र बाजुरा जिल्लाको केहि स्थानीय तहहरूमा यस परियोजना आगामी ३ बर्ष सम्म सञ्चालन यस परियोजनाको उद्देश्य लैङ्गिक हिंसा तथा हानिकारक मूल्य मान्यताको मुख्य कारणहरुलाई सम्बोधन गर्न किशोरीहरूलाई ज्ञान, शिप, तथा अवसरहरू प्रदान गरि समाजमा परिवर्तनको नेतृत्व गर्ने छ ।
यस परियोजनाको मुख्य जोड लैंगिक हिंसाको रोकथाम र प्रतिकार्यको लागि सरकारी तथा सामाजिक संयन्त्रको सुदृढिकरणका साथै बृहत्तर यौनिकता शिक्षाको बिस्तार गर्नु हो । “यस परियोजना युएनएफपिएको अर्को एक पहल मात्र हैन, सरकार, बिकास साझेदार तथा समुदायको साझा प्रतिबद्दता पनि हो ।”
डा. बसिर नाजिब, युएनएफपिए नेपालका लागि उप प्रतिनिधिले थप प्रकास परे । उनका अनुसार कुनै पनि किशोरी आफ्नो लैङ्गिकताको आधारमा पछि नपरुन भन्नका लागि हामी सबैको भूमिका रहनु पर्छ ।
गुड नेबर्स इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक मोहम्मद मैनुद्दीन मैनुलले परियोजनाको दीर्घकालीन दृष्टिकोण र दिगोपनप्रतिको प्रतिबद्धतामाथि प्रकाश पारे । “हामीले अल्पकालिक क्रियाकलाप सञचालन गरिरहेका छैनौ ।” उहाँले भने, “हामी दिगो सामाजिक रूपान्तरणको लागि आधार तयार गर्दैछौं । जहाँ महिला र किशोरिहरुलाई सम्मानित र राष्ट्रको विकासमा पूर्ण रूपमा सहभागी हुनका निम्ति सशक्त बनाइन्छ ।”
सामाजिक बिकास मन्त्रालयका सचिव, हेमराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा सरकारले महिला, किशोरी तथा अपांगता भएका ब्यक्तिमा लगानी गर्न वक्ताहरुको जोड थियो । सामाजको दिगो तथा रुपान्तरणकारि परिवर्तमा सुदृढ समन्वय र सहाकार्य मुख्य कडि रहेको वक्तहरुको भनाई थियो । परियोजनाका लागि कोइकाले ६६ लाख अमेरिकी डलरको सहयोग उपलब्ध गराएको छ ।













