आर्थिक लेनदेनको अडियो बाहिरिएपछि मन्त्री चौधरीले दिए राजिनामा
कैलाली । काठ व्यापारीहरुसंगको आर्थिक लेनदेनको अडियो बाहिरिएपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले राजीनामा दिएका छन् । उनले शनिवार प्रत्रकार सम्मेलन गरि राजिनामा दिएको घोषणा गरे ।
मन्त्री चौधरीले असोज महिनामा एक व्यपारीसंग छलफलमा गरिएको आर्थिक लेनदेन सम्बन्धि कुराकानीको अडियो सार्वजनिक भएपछि उनले नैतिकताको आधारमा राजीनामा दिएका छन् । उनले भने मलाई भेट्न आउनेहरु केही कोशेली लिएर आउँथे, उपचारकोलागि पैसा प्रलोभनपनि देखाए तर म अहिलेसम्म सकैसंग एक रुपैयापनि लिएको छैन । मलाई लेनदेनको आरोप लाग्यो, नैतिकताको हैसियतले राजीनामा दिएको हाुँ ।
काठ व्यापारीसंगको मिलोमतोमा ढलापडा, सडा काठको टेण्डर र दिगो वन व्यवस्थापनको कार्य विधि बनाउन मोल मोलाई गरिरहेको मन्त्री चौधरीको अडियो सार्वजनिक छ ।













