सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यलाई गुणस्तरीय बनाउन प्रतिवद्धता
कैलाली । महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यलाई गुणस्तरीय तथा पहुचयोग्य बनाउन सरोकारवालहरु प्रतिबद्धता जनाएका छन् ।
लैंगिकतामा आधारित हिंसालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा राष्ट्रिय मानव अधिकार आयोग र यूएनएफपिएको संयुक्त आयोजना तीनदिने कार्यशाला पाँच बुँदे प्रतिवद्धता जाहेर भएको हो ।
गोष्ठीमा सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका मानव अधिकार आयोगका कर्मचारी, सुदूरपश्चिम प्रदेश मन्त्रालयका अधिकृत, सुरक्षा निकायका कर्मचारी र पत्रकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपालको संविधानद्धारा प्रदत्त महिलाको सुरक्षित मातृत्व तथा प्रजन्न स्वास्थ्य सम्बन्धी हकको सम्मान, संरक्षण र परिपुर्ति गर्न मातृत्व तथा प्रजन्न स्वास्थ्य सेवालाई सुरक्षित गुणस्तरीय सर्वसुलभ तथा पहुँचयोग्य बनाउन लैंगिकतामा आधारित हिंसालाई सम्बोधन गर्न प्रतिबद्धता पत्र जाहेर गरे ।
प्रतिवद्धता पत्रमा मानव अधिकारको सम्मान, बोली व्यवहार, कार्यशैलीलाई मानव अधिकारमैत्री बनाउने, कानूनमा लेखिएका अधिकारको वास्तविक उपभोगलाई सुनिश्चत गर्ने लगायतको प्रतिबद्धता गरेका छन् ।
कार्यक्रममा सबै सरोकारवालाबिच समन्वय र सहकार्य गर्न गरि काम गर्ने वार्षिक कार्ययोजना समेत निर्माण गरिएको छ ।













