राना थारु समुदायमा होरी नाच (फोटो फिचर)
कैलाली । सुदूरपश्चिममा तराईका जिल्ला कैलाली र कञ्चनपुरका राना थारु समुदायमा होरी पर्व विशेष तरिकाले मानाउने गर्दछन् ।
होरीमा उनीहरूले रातिको समय ढोल तालमा सामूहिक रूपमा होरी नाच नाचेर रमाउने चलन छ । यस समुदायले एक महिना आठ दिनसम्म होली पर्व मनाउने गर्दछन् ।

माघ पूर्णिमादेखि फागुन पूर्णिमासम्म होरी खेलेर रमाउने चलन रहेको उनीहरु सुनाउछन् ।
होरी पर्वको होलिका दहन नगरुन्जेलसम्म राना थारू समुदायका बूढापाका, युवकयुवती मिलेर राति जिन्दा होरी नाच नाच्ने र रमाउने चलन रहेको छ ।














