प्रदेश निजामती सेवा ऐन संशोधनको माग गर्दै आन्दोलनको कार्यक्रम सार्वजनिक
कैलाली । थारू समुदायले सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन संशोधनको माग गर्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् ।
जनसङ्ख्या अनुसार समानुपातिक प्रतिनिधित्त्व हुने गरी आरक्षण कोटा बढाउनु पर्ने अडानसहित ऐन संशोधनको माग गरिएको हो। ऐन संशोधनको मागसहित थारू र रानाथारू समुदायका अगुवाले विभिन्न समय आन्दोलन गर्दै आएका छन्।
आज पत्रकार सम्मेलन गर्दै संघर्ष समितिका संयोजक सानु चौधरीले प्रदेश लोकसेवा आयोगले निकालेको नवौं तहको विज्ञापन तत्काल स्थगन नगरे भोलीदेखि आन्दोलनमा उत्रिने बताईन् ।
उनले भोली प्रदेश सभा घेराउको कार्यक्रम रहेको जानकारी दिदै माग पुरा नभए चरणबद्धरुपले आन्दोलनमा उत्रिने चेतावनी दिईन् ।
स्थानीय तहमा कार्यरत करारका कर्मचारीलाई स्वतः स्थायी बनाउने गरी प्रदेश सरकारले बनाउन लागेको कानुनको विरुद्धमा उत्रेका विद्यार्थीहरुको पनि आन्दोलनप्रति ऐक्यबद्धता उनले बताईन् ।













