सुदूरपश्चिममा २६ प्रतिशत बालिका कुनै न कुनै हिंसाबाट प्रताडित
कैलाली । सुदूरपश्चिम प्रदेशमा अहिलेपनि २६ प्रतिशत बालिका कुनै न कुनै हिंसा भोगिरहेको एक तथ्यांकले देखाएको छ ।
नेपाल सरकार, यूरोपेली संघ र संयूक्त राष्ट्रिसंघको संयूक्त कार्यक्रम सशक्त महिला समृद्ध नेपालद्वारा आयोजित पत्रकारसंग अन्तरक्रिया कार्यक्रम यास्तो तथ्यांक देखाइएको हो ।
कार्यक्रममा घरयासी कामले ४० प्रतिशत महिला श्रमबजारमा आउन नसकेको बताइएको थियो । त्यसैगरि सम्पत्तिमाथिको हकमा जम्मा २३ प्रतिशत महिला मात्रै रहेका छन् ।
यस्तै बैदेशीक रोजगारीमा १८ प्रतिशत र उमेर पुगेर विबाह गर्नु पर्छ भन्ने हकदाबी गर्ने १८ प्रतिश किशोरी रहेको बताएको छ ।
यूरोपियन यूनियनका वरिष्ट कार्यक्रम अधिकृत शिव भण्डारीले कार्यक्रककोबारेमा जानकारी दिएका थिए । सशक्त नेपाल समृद्ध महिला परियोजना सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशको १० वटा पालिकामा लागु भएको जानकारी दिए ।
सो परियोजनाले सामाजिक रुपान्रतण तथा लैंगिक हिंसा रोकथाम, आर्थिक सशक्तिकरण तथा लैंगिक हिंसा प्रतिकार्य र सुसासन तथा समावेशीतामा काम गर्दै आएको छ ।
घरायसी काममा महिलाहरु धेरै समय विताई रहेकाले उनीहरु आर्थिकरुपले सक्षम हुन नसकेको हुदा बढी भन्दा बढी महिलाहरुलाई रोजगारीको सृजना गर्ने परियोजनाको उदेश्य रहेको छ
कार्यक्रममा पत्रकार महिलाहरुले आफूले काम गर्दै आएको क्षेत्रमा भोग्दै आएका समस्या र चुनौतीबारे अनुभव सुनाएका थिए ।













