राजनीतिमा महिलाको सहभागिता प्रभावकारी हुनुपर्छ : मन्त्री खड्का
कैलाली । नेपाली राजनीतिमा प्रवेश गरेका महिलाहरुको सहभागिता प्रभावकारीरुपले बढाउन सबैजनाको हात्रेमालो आवश्यक रहेको बताइएको छ ।
अन्तरपार्टी महिला सञ्जालसंग सामाजिक विकास मन्त्रालयको अन्तरक्रिया कार्यक्रममा सामाजिक मन्त्री मेघराज खड्काले महिलाको सहभागिता मात्रै नभई प्रभावकारीता पनि बढाउनु पर्ने बताए ।
सबै महिला तथा बालबालिकाकोलागि अधिकार समानता र सशक्तिकरण भन्ने मुल नारासहित ११५औं अन्तराष्ट्यि श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री खड्काले यस्तो बताएका हुन् ।

उनले महिलाहरुलाई हौसला प्रदान गर्दै सुदूरपश्चिम प्रदेश सरकारले नीतिगत सुधारकोलागि सबैसंग सल्लाह र सुझावको अपेक्षा गरेको बताए । सुदूरपश्चिम प्रदेशमा बालविबाह, बहुविबाह जस्ता कुपर्थाले महिलाहरु निकै प्रताडित रहेको बताउँदै यस्ता कुपर्थाको विरुद्धमा अन्तरपार्टी महिला सञ्जाललाई नेतृत्व गर्न आग्रह गरे ।
त्यसैगरि राज्यमन्त्री सरस्वती खड्काले सुदूरपश्चिम प्रदेशका महिलाहरुको सवाललाई सम्बोधन हुने नीतिगत योजन बनाउन सबैको समन्वय र सहकार्य आवश्यक रहेको बताईन् । उनले यहाँको समस्यालाई समाधान गर्न यहाँकै महिलाहरुले बसेर सवाल केन्द्रीत वहश गर्न आवश्यक रहेको बताईन् ।
सुदूरपश्चिममा महिलाको खास समस्या के हुन् ? ग्याप कहाँ छ ? कस्तो खालको नीतिले समस्या समाधान हुन सक्छ ? यवात विषयमा गहन छलफल र खोज अनुसन्धान हुन जरुरी रहेको राज्यमन्त्री खड्काको भनाई थियो ।
कार्यक्रममा विभिन्न दलका महिलाहरुले आफूले भोग्दै आएका चुनौति र संघर्षका कथाहरु सुनाएका थिए ।













