एसएसपी अधिकारी काठमाण्डौंको प्रहरी प्रमुखमा नियुक्त

काठमाण्डौं । जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले पाएका छन् ।

नेपाल प्रहरीको सह प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारीमा रहेका प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले जिल्ला प्रहरी परिसर काठमाण्डौंको प्रमुखको जिम्मेवारी पाएका हुन् ।

नेपाल प्रहरीको नीति तथा योजना निर्माणमा भूमिका खेल्दै आएका अधिकारी प्रहरी मेरो साथीको परिकल्पनाकारका रुपमा चिनिन्छन् ।

१८ जना एसएसपीको सरुवा हुदा महानिरीक्षकको सचिवालयमा रहेका अधिकारीको सरुवा प्रहरी परिसर काठमाण्डौंमा भएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुखमा एसएसपी रमेश बस्नेतको सरुवा भएको छ ।