आमसंचार अध्ययनर बिधार्थीद्वारा रक्तदान

कैलाली । कैलालीमा पछिल्लो समय बिरामीका लागि आवश्यक पर्ने रगत तथा रक्ततत्वको कमि हुदै गएपछि विद्यार्थीहरुले नै रक्तदान कार्यक्रमको आयोजना गरेका छन ।

धनगढीस्थित त्रीनगर माध्यामिक विद्यालयमा आमसंचार बिषयमा अध्ययनरत विद्यार्थीहरुले पहिलोपटक रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् । उनीहरु पहिलो प
्रयासमा २१ पिन्ट रगत संकलन गरेका छन ।

विद्यालयकै परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २१ जना विद्यार्थीले रक्तदान गरेको रक्तदान कार्यक्रम संयोजन कबिता सार्कीले जानकारी दिईन् । उनले ९ महिला र १२ पुरुष गरि २१ जनाले जीवनमै पहिलोपटक रक्तदान गरेको बताइन ।

प्रदेशमै सबैभन्दा बढीपटक रक्तदान गरेका स्वयमसेवी रक्तदाता दीपक उपाध्याले विद्यार्थीहरुसंगको अन्तरकरकृया पछि उनीहरु रगत दिन तयार भएको आम संचार बिषयका प्राध्यापक टेकेन्द्र देउवाले बताए ।

रक्तदान गर्दाका फाइदा र यसको महत्वको बारेमा रक्तसंचार केन्द्र धनगढीका प्रमुख धरणी पन्तले विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।

रक्तदान कार्यक्रममा त्रीनगर माबिका प्राचार्य भुपाल खडकाले रक्तदान कार्यप्रति प्रशंस्सा ब्यक्त गर्दै आगामी दिनमा पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिन सबैलाई आग्रह गरे ।