सुनको मूल्य तोलामा २२०० रुपैयाँ घट्यो

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य २२०० रुपैयाँ घटेको छ ।

शुक्रबार छापावाल सुन तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो । आइतबार भने घटेर तोलामा १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको थियो भने घटेर घटेर १ हजार ८४० रुपैयाँ भएको छ ।