महिला हिंसा तथा छुवाछुट विरुद्ध अभिमुखिकरण
कैलाली । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा मानव अधिकारकोलागि महिला एकल महिलाले महिला हिंसा तथा छुवाछुट विरुद्ध अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
अभिमुखिकरण कार्यक्रममा प्रदेश सांसद डम्मरी महरा (रक्षा) ले सुदूरपश्चिम प्रदेशभित्रका सम्पूर्ण महिलाहरुको अवाजलाई संसदभित्र बुलन्द गर्ने बताइन् । उनले सुदूरपश्चिमका महिलाहरु अझैपनि हिंसा र अन्यया भोगिरहेको बताउँदै उनीहरुको सवाललाई सम्बोधन गर्न सरकारले नीतिगत कार्यन्वयन गर्न जरुरी रहेको बताईन् ।
सुदूरपश्चिममा छुवाछुट, बालविबाह, लागुऔषध दुरव्यसनी लगायतको सवालले चर्चा पाईरहेको बेला यस्ता खाले कुरुतीको अन्त्य गर्न कार्यक्रममा वडा अध्यक्ष महिला अधिकारकर्मी संघसंस्थाका प्रतिनिधि, समुदायका अगुवाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन मनाव अधिकारकोलागि महिला एकल महिलाका प्रदेश अध्यक्ष बेद अवस्थीले गरेका थिईन् भने जिल्ला अध्यक्ष भगवति हमाल कार्यक्रमको सभाअध्यक्ष थिए ।













