दीगो जिविकोपार्जन सम्बन्धी पुर्नताजकी तालिम

कैलाली । महिलाको दीगो जिविकोपार्जनमा पहुँच बृद्धि परियोजना अन्तर्गत नेतृत्व विकास, संस्थागत विकास र सञ्जाल निर्माण सम्बन्धी पुर्नताजकी तालिम सम्पन्न भएको छ ।

यूएनओमको आर्थिका सहयोगमा मनाव अधिकारकोलागि महिला एकल महिलाले गृहश्रमिक, एकल र सिमान्तकृत महिलाहरुलाई नेतृत्व विकास, क्षमता अभिबृद्धि र पहुँचमा बृद्धि गर्ने उदेश्यले सो तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

मानव अधिकारको लागि महिला एकल महिलाका प्रदेश अध्यक्ष वेद अवस्थीका अनुसार कैलालीबाट १० जना महिलाहरुलाई काठमाडौंमा तीन दिनको प्रशिक्षक तालिम दिएर उनीहरुबाटै स्थानीय महिलाहरुलाई तालिम दिईरहेको छ ।