कोर्ड फर चेन्ज प्रतियोगितामा नाष्ट टिम पहिलो
कैलाली । सुदूरपश्चिममा पहिलो पटक कोर्ड फर चेन्ज प्रतियोगितामा शुरु भएको छ । सो प्रतियोगितामा विद्यार्थीहरुले आफ्नो आइडिया प्रस्तु गर्ने गरेका थिए ।
नाष्ट कजेजको सभा हलमा भएको सो प्रतियोगितामा सात वटा टिम सहभागी भएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा सिटी लिंक नाष्ट टिम पहिलो भएको छ । जसमा गौरव कठायत र जिवन जोशी सहभागी भएका थिए ।

त्यसैगरि दोस्रोमा कोर्ड यूथ हर फारवेष्ट एण्ड इन्जिरिंग स्कुल टिम दोस्रो भएको छ । उक्त प्रतियोगिताका विजेताहरु दोस्रो चरणमा काठमाडौंमा सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी भएका विद्याथीहरुलाई नाष्ट कलेजका प्रबन्ध निर्देशक शिवहरी मुडभरीले शुभकामना व्यक्त गरेका थिए ।














