गाउँघरमा लैंगिक हिंसा बढ्दो तर न्यायलयसम्म पुग्दैनन्

कैलाली । नेपाल आदीबासी जनजाती महिलामहासंघले कैलारी गाउँपालिका र भजनी नगरपालिकाको सामुदायक वनमा महिला सहभागीबारे लैंगिक विश्लेषण गरेको रिर्पोट सार्वजनिक गरेको छ ।

महासंघका कार्यकारी निर्देशक इन्दु थारुका अनुसार सामुदायक वनमा महिलाको योगदान अत्याधिक रहेपनि महिलाले गरेको कामको सम्मान न्यून छ । त्यसैगरी निर्णायक तहमा महिलाको निर्णय लागु हुन नसकेको रिर्पोट सर्वाजनिक भएको बताईन ।

उनले महिलाहरु अहिलेपनि घरयासी काममा नै बढी अल्झिनु परेको बताईन् ।

सामुदायक वनमा महिलाको सहभागी लैंगिक विश्लेषण आकलन डा. अमर विक र उन्नती चौधरीले गरेका थिए ।

रिर्पोट सार्वजनिक कार्यक्रममा महिलाहरु घरको काम संगै बाहिरको काम पनि गर्नुपर्ने बाध्यता रहेको सहभागीहरुको चनाई थियो ।

पहिला पहिला महिलालाई घर बाहिर निस्कन निकै डर लाग्थ्यो । आजभोली महिलापनि बैठक गोष्ठीमा सहभागी हुन्छन् । तर घर बहिर जान पाएपनि घरभित्रको काम सबै आफैले गर्नुपर्ने सहभागीहरुको भनाई थियो । उनीहरुका अनुसार गाउँघरमा महिला हिंसा घरेलु हिंसाका घटना धेरै भएपनि महिलाहरु न्यायिक निकायसम्म पुग्न सकेका छैनन् ।