अँट्वारी पर्वको शुभकामना तथा भिन्सरिया खैना कायक्रम

कैलाली । पश्चिम नेपालका थारू समुदायले मनाउँदै आएको अँट्वारी पर्वको उपलक्ष्यमा बातचित घरले शुभकामना तथा भिन्सरिया खैना कार्यक्रम सम्पन्न गरेको छ ।

शुभकामना तथा भिन्सरिया खैना कार्यक्रममा थारु अगुवाहरुले अष्टिम्की र अँट्वारी पर्वलाई पनि सामुहिकरुपले मनाउन जरुरी रहेको औल्याए । उनीहरुले थारु समुदायको मौलिक शब्दलाई लेख्ने क्रममा अशुद्ध तरिकाले लेखिदिएकोमा आपत्ति समेत जनाएका थिए ।

यो वर्ष सुदूरपश्चिम प्रदेश सरकारले अँट्वारी पर्वमा एक दिन भदौं २४ गते सार्वजनिक विदा दिएको छ । साथै कैलारी गाउँपालिकाले भने दूई दिन स्थानीय विदा दिएको छ । थारु समुदायको सांस्कृतिक तथा सामाजिक पर्वको रुपमा रहेको अँट्वारी पर्व विशेषगरि दुई दिन नै मनाईने भएको गाउँपालिकाले २४ गते विदा थप गरेको हो ।

सुदूरपश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयले भदौ २३ गते सार्वजनिक बिदा दिएकोले गाउँपालिकाको निर्णय अनुसार भदौ २४ गते थप १ दिन बिदा दिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशी बताए ।