तीस वर्षपछि फाया नेपालमा महिला अध्यक्ष, आर्चायको नेतृत्वमा सात सदस्य चयन
कैलाली । जनचेतन तथा यूवा मञ्च नेपाल (फाया नेपाल) ले तीस वर्षपछि महिलालाई नेतृत्व हस्तान्तरण गरेको छ । २०५१ सालमा दर्ता भएको सो संस्थाले २७औं वार्षिक साधारण सभासंगै नयाँ नेतृत्व चयनमा गोमा आर्चायलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।
त्यसैगरि सचिवमा दिल बहादुर कुवँर, कोषाध्यक्षमा ज्योति श्रेश्ठ बि. के., सदस्यमा विश्नु पुरी, सुर्य माया श्रेष्ठ, भागिराम चौधरि र बिन्दु ओझा चयन भएका छन् ।













