नेकपा एसको दलित सचिवमा गणेश विक नेकपा निर्वाचित
कैलाली । नेकपा एकीकृत समाजवादीको दलित सचिवमा गणेश विक निर्वाचित भएका छन् । उनी सुदूरपश्चिम प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष समेत भईसकेका छन् ।
उनले १८० मतसहित ल्याएर विजयी भए । उनका प्रतिद्धन्द्धी निरादेबी जैरु ९८ मत पाएकी थिइन् । अर्का उम्मेदवार कृष्ण बहादुर नेपालीले २६ मत पाए ।
अघिल्लो सरकारले गणेश विकलाई नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो । कांग्रेस नेतृत्वको सरकारमा उनले राजीनामा दिएका थिए । तर, राजीनामा स्वीकृत भएको छैन ।राजनीतिसँगै सामाजिक न्याय तथा मानव अधिकारको क्षेत्रमा कार्यरत झण्डै साढे दुई दशकदेखि क्रियाशिल रहेका उनी यस अघि को पोलिटब्यूरो सदस्य थिए ।













