बैदेशीक रोजगारीबाट फर्केकालाई प्रदेश सरकारले नयाँ बजेटमा सम्बोधन गर्छ : राज्यमन्त्री खड्का
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारके बैदेशीक रोजगारीबाट फर्केका महिलालाई विभिन्न सिपमुलक तालिमको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ । ओरेक नेपाल कैलाली र महिला मानव अधिकार रक्षक संजाल कैलालीको संयूक्त आयोजनामा भएको ‘वैदेशिक रोजगारसे लौटल महिलाहुकनके सामाजिक आर्थिक पुर्नएकिरणमे हमार भूमिका विषयक सवांद कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री सरस्वती खडकाले यस्तो बताएका हुन् ।
उनले सुदूरपश्चिम प्रदेश सरकार वैदेशिक रोजगारीबाट फर्केका महिलाहरुको लागि आउने बजेटमा सीपमुलक तालिमको व्यवस्था गर्ने बताईन् । उनका अनुसार सीमान्तकृत समुदायको महिलाहरु आर्थिक रुपले शसक्त नभएकै कारण उनीहरुले विभिन्न खाले हिंसाको सामना गर्नुपर्ने बाध्यता छ । पछिल्लो अवस्थामा बैदेशीक रोजगारीमा जाने महिलाहरु अबैधानिक बाटो भएर जाँदा उहाँहरु विदेशमा पनि थप हिंसा सहनुपर्ने भनाई राखे ।
बैदेशीक रोजगारीबाट फर्केका महिला तथा अभियन्ता लक्ष्मी आचार्यले आफ्नो अनुभव सुनाउँदै भनिन्, वैदेशिक रोजगारबाट फर्केका महिलाहरुकोबारेमा समाजले हेर्ने दृष्टिकोण नै फरक रहेको छ । बिदेशबाट फर्केका पुरुषसरह महिलालाई सम्मान छैन । उनका अनुसार बैदेशीक रोजगारीबाट फर्केका कतिपय महिलालाई पारिवारिक तथा सामाजिकले मानसिक हिंसा दिईरहेको घटना थुप्रै रहेको छ ।
प्यानल छलफलमा श्रम तथा रोजगार कार्यालयको प्रमुख जनकसिंह ओकेडा, टे«ड यूनियन सयूक्त केन्द्रके प्रदेश अध्यक्ष ज्ञानेन्द्र शाह र लम्की चुहा नगरपालिकाके नगर उपप्रमुख जुना चौधरी प्रमुख वक्ताकोरुपमा सहभागी भएका थिए ।
वैदेशिक रोजगारबाट फर्केका महिलाहरुको सामाजिक आर्थिक पुर्नएकिरणमा हाम्रो भूमिका विषयकमा पत्रकार उन्नती चौधरी छलफलले छलफल चलाएकी थिईन् ।













