टीकापुर घटनाको ९ वर्ष, थारु समुदायले मनाउँदैछन् विद्रोह दिवश

कैलाली । थरुहट, थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा कैलालीको टीकापुरमा भएको घटनाको ९ वर्ष पूरा भएको छ । २०७२ साल भदौ ७ गतेका दिन भएको आन्दोलनमा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी लक्ष्मण न्यौपाने सहितका ७ जना प्रहरी र एक नाबालकको ज्यान गएको थियो ।

उक्त घटनामा झेलिएका थारु समुदाय आजको दिनलाई कालो दिनको रुपमा लिदै आईरहेका छन् । घटना भएको ९औं वर्षमा पनि थारु समुदायले भव्यताका साथ विद्रोह दिवश मनाउन लागेको थरुहट आन्दोलनका प्रवक्त माधव चौधरीले बताए ।

उनका अनुसार आजको दिन सिंगो थारु समुदायकोलागि कालो दिन हो। राज्यले हामी माथि डमन गरेको दिन हो । त्यसैले हामी आज टीकापुरमै विद्रोह दिवश मनाउँदै छौं । भदौ ८ गते कर्फ्युका बिच थारु समुदायका घर, पसल, एफएमलगायत ८३ भन्दा बढी संरचनामाथि आगजनी भएको थियो ।

उनले थरुहट भूगोल मागको त्यो थरुहट आन्दोलन र ‘टीकापुर घटना’ आज पनि सबैको मानसपटलमा आलो घाउ जस्तै रहेको बताए । सोही परिघटनाको स्मरण गर्दै ‘थरुहट थारुवान आन्दोलनकारी’हरू विद्रोह दिवस मनाउने गरेको माधवको तर्क थियो ।