मुख्यमन्त्रीले शाहले पाए दुई तिहाइ सदस्यको विश्वासको मत
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले दुई तिहाई सदस्यको विश्वासको मत पाएका छन् । आजको प्रदेश सभा बैठकमा उनले कांग्रेसका १८ एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ जनाको मत पाएका हुन् ।
बैठकमा ४५ सांसद उपस्थित थिए । शाहको पक्षमा ३६ मत आउँदा विपक्षमा ८ मत आएको थिए । १ तटस्थ थिए ।
उनले विश्वासको मत लिने क्रममा प्रदेश सरकार केही दिनमै नयाँ बजेट ल्याउने बताए । आर्थिक ऐनमार्फत वियोजन ऐन चाँडै ल्याएर आर्थिक अवस्था चलायमान गर्ने उनको भनाई थियो । साथै प्रदेशको हितमा रहेका पुराना कार्यक्रमलाई निरन्तरता दिँदै विनियोजन ऐन ल्याउने बताए ।
यसैबिच शाहले विकासको पहिलो आधार राजनीतिक स्थिरता रहेको पनि बताए । राजनीतिक स्थायित्व, सुशासन र विकासका लागि नयाँ राजनीतिक सहमति भएको मुख्यमन्त्रीको भनाइ छ ।













