धनगढीमा गुरही असरैना कार्यक्रम २०८१को फोटो फिचर

कैलाली । थारु समुदायले मनाउदै आएको गुरही पर्व धनगढीमा भव्यताका साथ मनाइएको छ । संस्कृति संरक्षणको निरन्तरता दिने र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उदेश्यले विगत १५ देखि धनगढीको गुरही चोकमा सामुहिकरुपले गुरही असराउदै आएको गुरही मुल आयोजक समितिले जानकारी दिए ।

उपमहानगरपालिका वडा नम्बर ८ गुरही चोकमा दशौं हजारको सहभागीमा गुरही पर्व मनाइएको सखी संजाल कैलालीको कार्यवाहक अध्यक्ष तथा गुरही मुल आयोजक समितिका संयोजक उन्नती चौधरीले जानकारी दिईन । कार्यक्रममा धनगढी उपमहानगरपालिकाको नगर उपप्रमुख कन्दकला रानाको प्रमुख आतिथिथ्यतामा सरकारी तथा गैरसरकारी संघसंस्थाको प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।