‘महिला आन्दोलनको सहखोजी’ पुस्तक विमोचन
काठमाडौं । महिलाबादी दृष्टीकोणबाट परिवर्तनका लागि भएका आन्दोलनमा सहभागी महिलाहरुको जीवन भोगाई, संर्घष र योगदानका कथाहरुको संगालो ‘महिला आन्दोलनको सहखोजी ’ पुस्तक विमोचन भएको छ । द स्टोरी किचन, सन्धानको आयोजना र त्रिभुवन विश्वविद्यालय लैंगिक अध्ययन विभागको सहकार्यमा मंगलबार काठमाण्डौमा उक्त पुस्तक विमोचन भएको हो ।
राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली ,प्राध्यापक डाक्टर विन्दु पोखरेल,पूर्वमन्त्री हिसिला यमी, त्रिभुवन विश्वविद्यालय लैंगिक अध्ययन विभाग प्रमुख डाक्टर सुदिप सिंह नकर्मी र लेखकहरुले सामुहिकरुपमा पुस्तक विमोजन गर्नुभएको थियो ।
देशका विभिन्न जिल्लामा रहेका २१ जना पत्रकार तथा लेखक महिलाहरुले विभिन्न विषयमा गहिरिएर खोजी गर्दै लेखेका २२ वटा आलेखहरु उक्त पुस्तकमा समावेश गरिएका छन् । द स्टोरी किचनको अनलाईन संस्करण ‘सन्धान’ मा विभिन्न चरणमा प्रकाशित ती आलेखहरुलाई पुस्तकमा समेटिएको जनाइएको छ । बरिष्ट पत्रकार हरिकला अधिकारी,जया लुइ‘टेल, राजन पराजुलीले सम्पादन गर्नुभएको उक्त पुस्तक सन्धान फेलो पत्रकार तथा लेखकले तयार पारेको आलेखहरुको संग्रह हो ।
द स्टोरी किचनका अध्यक्ष जया लुईटेलको सभाअध्यक्षतामा भएको उक्त कार्यक्रममा महिलाबादी समाजशास्त्री डाक्टर मिना पौडेलले राजनितिक, सत्ता परिवर्तन भएपनि सामाजिक सांस्कृत रुपान्तरण नभएको अवस्थामा पुस्तकले दस्तावेजको रुपमा कामगर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा लेखक अमृता अनमोल, उन्नती चौधरी, चाँदनी आचार्य, कैलाश राई, गगनशिला खड्का, दिलमाया शाही, निरासी धामी, प्रकृती दाहाल, प्रणेता, प्रतिमा सिलवाल, मनिका विक, मन्दिरा अधिकारी, माधुरी महत्तो,मानमती पाण्डे, विद्या राई, विवेका थापा, सविता श्रेष्ठ, सम्झना विक, सरिता सापकोटा, सीता विके, सुजाता ढुंगाना तथा मेन्टरहरु रिताशाह, प्रतिमा गुरुङ, डाक्टर अरुणा उप्रती, सिमा खान, सरु जोशीलगायतलाई सम्मान गरिएको थियो ।













