समाजसेवी चन्द्र चौधरीद्वारा कैलारीका एसईइ पास ४८ विद्यार्थीलाई सम्मान

कैलाली । कैलालीको कैलारी गाउँपालिका ६ बेनौलीका समाजसेवी चन्द्र चौधरीले ४८ जना विद्यार्थीहरुलाई सम्मान गरेका छन् ।

आशा श्रृंगार तथा शपिङ सेन्टर धनगढीका सञ्चालक समेत रहेका चौधरीले शनिबार एक कार्यक्रमका बीच कैलारी गाउँपालिकास्थित सामुदायिक विद्यालयबाट एसईइ उत्तीर्ण गरेका ४८ जना विद्यार्थीहरुलाई सम्मान तथा बधाइ दिएका छन् । सम्मान स्वरुप उनले डायरी, कलमसहितका स्टेश्नरी सामग्री वितरण गरेका हुन् ।

उनले पालिका स्तरमा उत्कृष्ट नतिजा ल्याउने एक जना छात्र र एक जना छात्राका साथै पालिकास्थित उत्कृष्ट नजिता ल्याउने दीपेन्द्र माध्यमिक विद्यालयलाई सम्मान पत्रले सम्मान गरेका छन् ।

पालिकास्थित सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्किरहेको अवस्थामा विद्यार्थीहरुमा उत्प्रेणा जगाउन तथा हौसला प्रदान गर्न सम्मान गरेको बताएका छन् ।
चन्द्र चौधरीकै सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि सर्वोदय माध्यमिक विद्यालय सी गाउँ धनगढीका प्रधानाध्यापक जीतबहादुर चौधरी रहेका थिए ।