सुदूरपश्चिममा अत्याधिक वर्षा हुने पूर्वानुमान : उच्च सर्तकता अपनाउन आग्रह

कैलाली । सुदूरपश्चिममा तीन दिनसम्म अत्याधिक वर्षा हुने भएको छ। महाकाली बेसिन कार्यालय अत्तरियाले तीन दिनसम्म सतर्क रहन सुदूरपश्चिमबासीलाई आग्रह गरेको छ।

सो कार्यालयका प्रमुख इ। सञ्जयकुमार साहले तराईका कैलाली र कञ्चनपुर जिल्ला सतर्क रहनुपर्ने र पहाडका सातै जिल्ला डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र बैतडी उच्च जोखिममा रहेकोले अझ बढी सतर्कता अपनाउनु पर्ने बताए ।

महाकाली बेसिनका प्रमुख इ। साहका अनुसार शुक्रबार ११स्३० पछिको तीन घण्टामा मात्रै ३६।६ मिलिमिटर पानी परेको छ। मनसुन न्युन चापीय रेखा केही दिन नेपालको दक्षिणी भूभागको आसपास रहने भएकोले २३ गते आइतबारसम्म वर्षा हुने अनुमान जल तथा मौसम विज्ञान महाशाखाले पनि गरेको छ।

वर्षाले कैलालीको भजनी क्षेत्र डुवानमा परिसकेको छ। ढल निकास नहुँदा प्रदेशको अस्थायी राजधानी धनगढीका केही टोल पनि डुवानमा छन्।