सरकार गठनबारे सुदूरपश्चिममा कांग्रेस र एमालेबीच छलफल

कैलाली । केन्द्रीय सत्ता समीकरणमा आएको परिवर्तनसँगै सुदूरपश्चिम प्रदेशमा पनि नयाँ सरकार गठनकोलागि छलफल जारी राखेका छन् ।

अहिले नेकपा एमालेसहितको समर्थनमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री छन् । तर, फेरिएको केन्द्रीय समीकरणपछि एमाले र कांग्रेसले नयाँ सरकार गठनको लागि छलफल थालेका हुन् ।

नयाँ सरकार गठनबारे काँग्रेस संसदीय दलका नेता कमल बहादुर शाह र एमालेका संसदीय दलका नेता राजेन्द्र सिंह रावलबीच संयुक्त सरकार बनाउने विषयमा छलफल भएको छ ।

छलफलमा नेपाली काँग्रेसका संसदीय दलका सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा समेत सहभागी थिए ।
बैठकमा सुदूर पश्चिम सरकारबाट एमालेका मन्त्री फिर्ता बोलाउने र नयाँ सरकार गठनको प्रक्रिया थालनी गर्ने विषयमा छलफल भएको नेपाली काँग्रेसका संसदीय दलका सदस्य प्रकाश बहादुर देउवाले बताए ।

उनका अनुसार छलफल अत्यन्त सकारात्मक भएको छ । दुबै दलका नेताले सुदूरपश्चिम प्रदेशमा विकास र सुशासन दिनेगरि सरकार गठन गर्ने विषयमा छलफल भएको हो ।

उनले केन्द्रमा दुई दलका शीर्ष नेताहरूबिच भएको सहमति अनुसार प्रदेशमा सरकार गठन प्रक्रिया सुरु गर्ने बताए । सुदरपश्चिम प्रदेशमा काङ्ग्रेससँग १८ र एमालेसँग ११ सांसद छन् । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार गठन गर्न २७ सांसद आवश्यक पर्छ । कांग्रेस र एमाले मात्रै मिल्दा पनि बहुमतको सरकार गठन हुन्छ ।

न्त्रालय फुटाएर शिक्षा युवा तथा खेलकुद र स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालय बनाइएको छ ।

यस्तै, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका महाशाखा एक अर्कामा गाभ्दै नयाँ मन्त्रालय बनाइएको छ । जसमा वन वातावरण तथा सहकारी मन्त्रालय, कृषि तथा भूमि सुधार मन्त्रालय । उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालय बनाइएको छ ।

एमाले संसदीय दलको उपनेता सन्तोष शर्मा थापाले पनि मन्त्रालय फुटाउँदा विरोध गरेको भन्दै अब नयाँ सरकार गठन हुँदा यस विषयमा पुन छलफल गरिने बताइन् ।