कैलारी गाउँपालिका पूर्ण खोप घोषणा

कैलाली । कैलारी गाउँपालिकाले पूर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपन घोषणा गरेको छ ।
गाउँपालिकाको अध्यक्ष रामसमझ चौधरी सभाअध्यक्षतामा भएको सो कार्यक्रममा कैलारी गाउपालिकाले आफ्नो क्षेत्रमा जन्मेका सबै बालबालिकालाई नियमित खोप लगाएर बताएको हो ।
अध्यक्ष चौधरीका अनुसार कैलारी गाउँपालिकाले हरेक नागरिकलाई निरोगी बनाउन पूर्ण खोप तथा सरकारले तोकिए बमोजिमको सबै औषधी सहजरुपले निुशल्क सेवा दिन स्वास्थ्यकर्मीको ठूलो भुमिका रहेको बताए ।

उनले पालिकामा जन्मेका नयाँ बालबालिकाहरु खेपबाट बञ्चित नहुन भन्ने उदेश्यले स्वास्थ्यकर्मीहरु अहोरात्र खातिएकोमा सबै स्वास्थ्यकर्मीलाई धन्यबाद ज्ञापन गरे ।

स्वास्थ्य शाखा इन्चार्ज नरेश चौधरीले पालिका भित्रका ०–१५ महिनाका ७९८ जना बालबालिकाले खोप कार्ड लिएर नियमित खोप लगाएको तथ्यांक सार्वजनिक गरे । त्यसैगरि १६ महिनादेखि ५ वर्ष सम्मका २४८१ बालबालिकाले खोप कार्ड लिएर नियमित खोप लगाएका छन् ।

उनका अनुसार बालबालिकाहरुलाई खोप नियमित लगाउन सुझाब दिदादिदै पनि थुप्रै चुनौतिहरु छन् । जस्तै खोप कभरेज कम हुनु, सबै तहमा कभरेजमा एकरुपता नहुनु, ड्रप आउट धेरै हुनु र शुन्य डोज खोपको संख्या बढ्नु ।

पछिल्लो अवस्थामा खोप कार्ड नागरिकता सरह नै अन्य ठाउँमा काम लाग्न सक्ने भएकोले सबै अभिभावकहरुले आफ्ना बच्चाहरुको खोपकार्ड सुरक्षित राख्नु अनुरोध समेत गरे ।
कार्यक्रममा खोप अभियान तथा स्वास्थ्यकर्मीहरुलाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा राजनीतिक दल, पालिकाका कर्मचारी, जनप्रतिनिधि, स्वाथ्यकर्मी, भलमन्सा, गाउँका अगुवा र पत्रकारहरुको सहभागीता रहेको थियो ।