विपद् प्रतिकार्य नमूना अभ्यास कार्यक्रम सञ्चालन

गण्डकी । गण्डकी प्रदेशको पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लामा बाढी, पहिरो लगायत विपद प्रतिकार्यकोलागि नमुना अभ्यास कार्यक्रम भएको छ ।

नेपाली सेनाले निजामती प्रशासन, सुरक्षा निकाय, सरकारी तथा गैह्र सरकारी संघ सस्था र स्थानीय समुदायहरुसँग समन्वय र सहकार्य सो अभ्यास गरेको हो ।

नेपाल सरकारको “विपद जोखिम न्यूनिकरण राष्ट्रिय नीति (२०७५) ” तथा “मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना(२०८१)” अनुसारका लक्ष्य हासिल गर्न नेपाली सेनाले विभिन्न प्रयास गर्दै आईरहेको छ ।

सम्भावित क्षति न्यूनिकरण गर्न प्रदेश विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समितिहरुसँग समन्वय गरी पूर्व तयारी तथा प्रतिकार्य सञ्चालन गर्ने, मनसुनको दौरान आईपर्न सक्ने आकस्मिक बाढी, डुवान, पहिरोबाट आईपर्न सक्ने सम्भावित विपद्हरुलाई मध्येनजर गरी बागलुङ्ग स्थित श्री नं. २३ वाहिनी अड्डा तथा अन्तर्गतका श्रीमेहर गण, घोडाबाँधे, नारायणदल गण, जोमसोम, नयाँ रणभिम गुल्म, पर्वत,शत्रु भञ्जन गुल्म, म्याग्दी, लगायत जिम्मेवारी क्षेत्रमा विपद्सँग प्रत्यक्ष सरोकार राख्ने सरकारी तथा गैह्र सरकारी निकायहरुको प्रत्यक्ष सहभागिता रहने भएके छ ।

उक्त कार्यक्रम १७ गतेदेखि २२ गतेसम्म पर्वत जिल्ला मोदी गा.पा.-२, बेतनीमा प्रदेशस्तरीय संयुक्त बृहत् विपद् प्रतिकार्य नमूना अभ्यास भईरहेको छ ।