कैलारी गाउँपासलिकाले ल्यायो ७७ करोडको बजेट
कैलाली । कैलारी गाउँपालिकाले आर्थिक बर्ष २०८१/०८२ को लागि ७७ करोड २१ लाख १२ हजारको बजेट ल्याएको छ ।
सोमबार भएको आर्थिक बर्ष २०८०/०८१ सालको गाउँसभा अधिवेशन (बर्षे/बजेट अधिवेशन) बाट संघीय सरकारबाट ६५ करोड ५२ लाख ८ हजार, प्रदेश सरकारबाट २ करोड ९६ लाख ६७ हजार, गाउँपालिका आन्तरिक आय २ करोड ५६ लाख ५० हजार र गैरसरकारी संघ संघको कार्यक्रम ६ करोड १५ लाख ८७ हजार गरी कुल ७७ करोड २१ लाख १२ हजार बजेट ल्याएको हो ।
गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरीले बजेट प्रस्तुत गरेका थिईन् । त्यसैगरि गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले अधिवेशनको सुरुवाटमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।













