पत्रकार उपाध्याय, समाजसेवी अग्रवाल र सापकोटालाई नागरिक अभिनन्दन

डोटी, ५ असार । डोटीको सायल गाउँपालिका र भवानी माध्यमिक विद्यालयले पत्रकारिता तथा सामाजिक क्षेत्रमा उत्कृष्ट योगदान पु¥याए वाफत चार जना व्यक्तिलाई बुधवार नागरिक अभिनन्दन गरेको छ ।

सामाजिक तथा पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान पु¥याए वाफत पत्रकार दीर्घराज उपाध्याय, समाजसेवासंगै औद्योगिक विकास तथा रोजगारी सृजनामा उत्कृष्ट योगदान पु¥याए वाफत बरिष्ठ उद्योगपति ओमप्रकाश अग्रवाल र समाजसेवी संगम पब्लिकेसन्सका प्रबन्ध निर्देशक सहदेव (एसपी) सोपकोटा र उनका दाई बसन्त सापकोटा (अमेरिका)लाई संयुक्त रुपमा सायल गाउँपालिका र भवानी माध्यमिक विद्यालय डोटीले बुधवार नागरिक अभिनन्दन गरेको हो ।

सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी, भवानी माध्यामिक विद्यालयका अध्यक्ष धन बहादुर सिंह, प्रधान अध्यापक खड्क बहादुर सिंहले सायल गाउँपालिकाका नागरिकका तर्फबाट बुधवार विद्यालयमा आयोजित दोसल्ला र अभिनन्दन पत्र प्रदान गरे । पत्रकारिता र समाजसेवाका माध्यमबाट तपाईले आफ्नो पुख्र्यौली थलो डोटीको सायल गाउँपालिका र सुदूर पश्चिम प्रदेशको नाम देशविदेशमा चिनाउनुभएकोमा हामी गौरवान्वित भएका छौ, सायल गाउँपालिकाद्धारा पत्रकार उपाध्यायलाई प्रदान गरिएको अभिनन्दन पत्रमा भनिएको छ,पत्रकारिता र सामाजिक क्षेत्रमा तपाईले पु¥याउनु भएको अतुलनीय योगदानको उच्च कदर गर्दै सायल गाउँपालिका आम नागरिकका तर्फबाट अभिनन्दन गर्दछौ ।

सुदूरपश्चिमको औद्योगिक विकास र रोजगारीका अवसरहरु सृजनासंगै सामाजिक उत्तरदायीत्व बहन गर्दै सामाजिक क्षेत्रमा निरन्तर रुपमा गर्नु भएको सहयोगको उच्च प्रशंसा गर्दछौ, अग्रवाललाई प्रदान गरिएको अभिनन्दन पत्रमा भनिएको छ, डोटीको सायल गाउँपालिका–२ स्थित भवानी माध्यमिक विद्यालयका ५०० विद्यार्थीहरुको पोशाकको सिलाई खर्च सहयोग गरेकोमा आभार व्यक्त गर्दछौ ।

सुदूरपश्चिममा आर्थिक अभावमा उपचारबाट बञ्चित व्यक्तिहरुको उपचार, दिनदुःखीहरुको सेवा, शिक्षा, स्वास्थ्य खानेपानी र धार्मिक क्षेत्रमा अतुलनीय सहयोगको उच्च कदर गर्दै सायल गाउँपालिका आम नागरिकका तर्फबाट अभिनन्दन गरेको हो । गरीव, असहायको सेवा, अनाथ बालबालिकाको शिक्षादिक्षा र आर्थिक अभावमा उपचारबाट बञ्चित व्यक्तिहरुको उपचारका लागि निरन्तर रुपमा गर्दै आएकोमा उच्च प्रशंसा गरेको हो ।

सापकोटा दाजुभाईलाई प्रदान गरिएको अभिनन्दन पत्रमा भनिएको छ, यहाँहरुले डोटीको सायल गाउँपालिका–२ स्थित भवानी माध्यमिक विद्यालयका ५०० विद्यार्थीहरुलाई पोशाक र १० जना विद्यार्थीलाई छात्रबृति उपलब्ध गराउनु भएकोमा आभार व्यक्त गर्दछौ । त्यसका साथै गरीव, असहायको सेवा, अनाथ बालबालिकाको शिक्षादिक्षा र आर्थिक अभावमा उपचारबाट बञ्चित व्यक्तिहरुको उपचारका लागि निरन्तर रुपमा गर्नुभएको अतुलनीय सहयोगको उच्च कदर गर्दै सायल गाउँपालिका आम नागरिकका तर्फबाट तपाईलाई अभिनन्दन गर्दछौ । विद्यालयको गुणस्तर बृद्धि तथा पठ्न पाठनमा सहयोग पु¥याउने उद्देश्यले बिद्यार्थीहरुको पोशाक, झोला, छात्रबृति र पुस्तकालय स्थापनाका लागि दीर्घराज उपाध्यायद्धारा थालिएको अभियानमा बरिष्ठ उद्योगपति अग्रवाल, समाजसेवी सापकोटाले उल्लेख्य सहयोग गरेका थिए ।

सोही समारोहमा पुस्तकालय, छात्रबृति र झोला लगायतका सामग्री प्रदान गर्ने एलआरआई काठमाण्डौंका संस्थापक शिवराज पन्त, समाजसेवी मधु पाठक, चैतन्य पाठशाला तथा चैतन्य एकेडेमी धनगढीका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद जोशी, सुधा व्याग हाउस धनगढीका सञ्चालक यमनाथ सिग्देल, बाल्मिकी ईन्टरनेशनल धनगढी, पर्यटन व्यवसायी अमर बहादुर शाही (काठमाण्डौं), हिक्मत थापा (नाईजेरिया),खेमराज उपाध्याय(धनगढी) र तिर्थराज जोशी(काठमाण्डौ) लाई कदर पत्र सहित सायल गाउँपालिका र भवानी माध्यमिक विद्यालयले सम्मान गरेको थियो ।

डोटीको भवानी माविका पाँच सय विद्यार्थीलाई पोशाक, झोला र छात्रबृति प्रदान डोटी, ५ असार । डोटीको सायल गाउँपालिका–२ स्थित भवानी माध्यमिक विद्यालयका पाँच सय विद्यार्थीहरुलाई बुधवार विद्यालय पोशाक, झोला वितरण गरिनुका साथै १४ जना विद्यार्थीलाई छात्रबृति वितरण गरिएको छ । बुधवार भवानी माध्यमिक विद्यालयमा आयोजित एक समारोहमा पत्रकार दीर्घराज उपाध्यायको अगुवाईमा विद्यालयमा अध्ययनरत शतप्रतिशत विद्यार्थीलाई पोशाक, झोला र छात्रबृति वितरण गरिएको हो । सोही समारोहमा विद्यालयमा पुस्तकालय स्थापनाका लागि करीव दुई सय पुस्तक समेत प्रदान गरिएको थियो । संगम पब्लिकेसन्स काठमाण्डौंका प्रबन्ध निर्देशक सहदेव प्रसाद (एसपी) सापकोटाले बिद्यार्थीहरुको पोशाकको कपडा र सुदूरपश्चिमका बरिष्ठ उद्योगपति तथा समाजसेवी ओम प्रकाश अग्रवालले पोशाक सिलाईको खर्च ब्यहोरेका थिए ।

त्यस्तै विद्यार्थीहरुको पोशाक खरीदमा एलआरआई काठमाण्डौंका संस्थापक शिवराज पन्तले एक लाख रुपैया र समाजसेवी मधु पाठकले ५० हजार रुपैया प्रदान गरेकी थिईन । चैतन्य पाठशाला तथा चैतन्य एकेडेमी धनगढीका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद जोशीले सय थान झोला प्रदान गरे । सुधा व्याग हाउस धनगढीका सञ्चालक यमनाथ सिग्देलले सहुलियत दरमा गुणस्तरीय झोला प्रदान गरेका थिए । विद्यालयमा पुस्तकालय स्थापनाका लागि धनगढीस्थित बाल्मिकी ईन्टरनेशनलका तर्फबाट अध्यक्ष दिनेश राज भण्डारीले सय थान पुस्तक प्रदान गरेका थिए ।

त्यसैगरी प्रतिनिधि सभाका सदस्य तारा लामा तामाङ, पत्रकार कुन्द दीक्षित, पत्रकार लोग्शरी कुँवर, रविनकान्त पन्त, डिल्लीराज ओझा लगायतले पुस्तक प्रदान गरेका थिए । सोही समारोहमा संगम पब्लिकेसन्सका प्रबन्ध निर्देशक सापकोटाले १० जना विद्यार्थीलाई, पर्यटन व्यवसायी अमर बहादुर शाही (काठमाण्डौं), हिक्मत थापा (नाईजेरिया), खेमराज उपाध्याय (धनगढी) र तिर्थराज जोशी (काठमाण्डौ) ले एक एक जनालाई छात्रबृतिको रकम प्रदान गरे । उनीहरुलाई मासिक एक हजार रुपैयाका दरले १२ महिनाको छात्रबृति प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले आर्थिक अवस्था कमजोर भएका र विद्यालय पोशाक र झोला समेत नभएर पठन पाठनमा कठिनाई झेलिरहेका विद्यार्थीहरुलाई पोशाक, झोलासंगै छात्रबृति प्रदान गरिएकोमा आभार व्यक्त गरे । यो सहयोगले विद्यालय भर्ना हुने दर बृद्धि हुनेछ । र, विद्यार्थीहरुलाई पढ्न अभिप्रेरित गर्ने विश्वास छ , उनले भने, असमयमै विद्यालय छोड्ने विद्यार्थीहरुको दरलाई समेत न्यूनिकरण गर्नेछ । अध्यक्ष जोशीले आफ्नो आग्रहलाई स्वीकार गर्दै विद्यालयलाई सहयोग गरेकोमा पत्रकार उपाध्याय लगायत सहयोगी संघसंस्था र व्यक्तिहरुलाई धन्यवाद दिए । कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि पत्रकार दीर्घराज उपाध्यायले आर्थिक अवस्था कमजोर भएका कारण पोशाक, झोला र स्टेशनरी लगायतका सामग्री जुटाउन नसेकका विद्यार्थीहरुलाई पठ्न पाठनमा सहयोग पु¥याउने उद्देश्यले पोशाक, झोला, पुस्तकालय र छात्रबृति प्रदान गर्न अभियान सञ्चालन गरेको बताए । उनले झोला, पोशाक, र छात्रबृतिसंगै पुस्तकालयका लागि पुस्तक प्रदान गर्ने सम्पूर्ण संघसंस्था र मनकारी व्यक्तिहरुलाई धन्यवाद दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य पद्म राज जोशी, प्रधानअध्यापक खड्क बहादुर सिंह, पत्रकार रामहरी ओझा, नेपाल विद्यार्थी संघ डोटीका अध्यक्ष दिपेन्द्र बहादुर सिंहले विद्यार्थीहरुलाई पोशाक,झोला, छात्रबृति, पुस्तक लगायत सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाहरुसंगै यो अभियानको नेतृत्व गर्ने पत्रकार उपाध्याय प्रति आभार व्यक्त गरे ।

नेपाली काँग्रेसका नेताद्धारा विद्यालयलाई एक लाख ११ हजार सहयोग डोटी, ५ असार । नेपाली काँग्रेसका महासमिति सदस्य पदम राज जोशीले डोटीको सायल गाउँपालिका– २ स्थित भवानी माध्यमिक विद्यालयलाई एक लाख ११ हजार एक सय ११ रुपैया सहयोग गरेका छन् । बुधवार विद्यालयमा आयोजित एक समारोहमा नेपाली काँग्रेसका नेता जोशीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर सिंह र प्रधानअध्यापक खड्क बहादुर सिंहलाई एक लाख ११ हजार एक सय ११ रुपैयाको चेक हस्तान्तरण गरे । नेपाली काँग्रेसका नेता जोशीले विद्यालयको पठन पाठन र गुणस्तीय शिक्षामा योगदान पु¥याउने उद्देश्यले सहयोग गरेको बताए ।